तामाङ राष्ट्रिय पुस्तकालयको दोस्रो साधारणसभा सम्पन्न

सैलुङअनलाइन संवाददाता
161 Shares
काठमाडौं

तामाड. राष्ट्रिय पुस्तकालयको दोस्रो साधारणसभा सम्पन्न भएको छ । सधारणसभा शनिबार जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जनको प्रमुख आतिथ्यमा सम्पन्न हो ।

सभामा पुस्तकालयका अध्यक्ष अमृत योन्जन-तामाङले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष योन्जन-तामाङले पुस्तकालयमा आठ हजार भन्दा बढी पुस्तक सङ्कलन भएको र पुस्तकालयको वेभसाइट निर्माण आरम्भ भएको सभालाई जानकारी दिए ।

कोषाध्यक्ष खड्गजीत लामाले पुस्तकालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पुस्तकालय स्थापनादेखि हालसम्मको आर्थिक क्रियाकलापलाई समेटेर तायार पारिएको आर्थिक प्रतिवेदनमा कोषाध्यक्ष लामाले आर्थिक वर्ष २०७९/०८० मा पुस्तकालयले रु. ८ लाख १६ हजार ५ सय अनुदान सहयोग प्राप्त गरेको र त्यसमध्ये ‘पेमा वाङ्गेल स्मृति कोष’मा रु. ५ लाख र ‘तामाङ पुस्तकालय विकास कोष’मा रु. ३ लाख अक्षयकोषको रुपमा जम्मा रहेको उल्लेख गरेका छन् ।

साधारणसभामा पुस्तकालयका सल्लाहकार एवं संरक्षक टाशीकुमार लामा, सल्लाहकार सम्पूर्णकुमार लामा, सल्लाहकार डा. लोकबहादुर लोप्चन, संस्थागत संरक्षक नेपाल तामाङ घेदुङ एवं घेदुङका अध्यक्ष मोहन गोले र संरक्षक तेन्जिङ लामाको तर्फबाट प्रातिनिधि उमा लामाको उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका