प्रधानमन्त्री केपी शर्माले नेपाल टेलिकमले विस्तार गरेको फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री ओलीले काठमाडौँबाट भिडियो कल गरी सो सेवाको उद्घाटनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसँग भएको कुराकानीका क्रममा सो धारणा व्यक्त गरेको हो । प्रधानमन्त्री ओलीले भन,े ‘फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ ।’
नेपाल टेलिकमको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय वीरगञ्जद्वारा आज जनकपुरधामको टेलिकम कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री राउतले सेवालाई भरपर्दो बनाउनुपर्दछ भने।
उनले निजी कम्पनीको सेवाभन्दा टेलिकमको सेवा पारदर्शी भएको बताउँदै आफूसँग भएको टेलिकमको मोबाइलले सही तथ्य दिने गरेको तर एनेसेलको मोबाइलले अपारदर्शी ढङ्गले रकम लिएको प्रसङ्ग उल्लेख गरे ।
मुख्यमन्त्री राउतले टेलिकमले जनताको भरोसाअनुसार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै फोरजी सेवालाई प्रदेशको कुनाकाप्चामा पु¥याउनुपर्ने खाँचो औँल्याए ।