भक्तपुरमा ङिङ्जेसँगै म्युजिक भिडियो प्रदर्शन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
77 Shares
भक्तपुर

भक्तपुरमा तामाङ चलचित्र ‘ङिङ्जे’ प्रदर्शनसँगै सेलो गीत हेर्दैमा राम्री–२ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा सङ्गीतकार विश्व दोङ र गायिका कमला दोङको स्वरमा रहेको म्युजिक भिडियो अमिर दोङ र मन्जिरा लामाको अभिनय रहेको छ ।

सुपरस्टार डम्फु मिडियाको प्रस्तुतिमा र पेमा लामा योञ्जनले निर्मित ‘ङिङ्जे’ प्रदर्शन र वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रवार २६ गते शुक्रवार शुभकामना पार्टी प्यालेस सुर्यविनायक भक्तपुरमा प्रदर्शन र सांस्कृतिक कार्यक्रम गरी कलाकार, पत्रकारहरूलाई सम्मान पनि गरिएका थिए।

राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रवीण बलले तामाङ चलचित्र उद्योगलाई आवश्यक अनुसार राज्यले विशेष भूमिका निर्वाह खेल्नुपर्ने राज्यको दायित्व भएको बताए ।

चलचित्र ङिङ्जे महानायक अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुइसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङ रहेका छन् । त्यस्तै अतिथि कलाकारमा नायिका सुस्मा मोक्तान, रुपा यस घले, पुष्पाञ्जली लोप्चन रहेका छन् ।

कार्यक्रममा तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको अध्यक्ष आसमान वाइबा,उत्प्रेरक वक्ता विकासदेव योन्जन, तामाङ तामाङ पत्रकार सङ्घ सङ्घीय महासचिव तीर्थमान बल‚ गीतकार ज्ञानदास दोङ, विशाल योञ्जन लगायतका अतिथिहरू उपस्थिति रहेका थिए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका