शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज विरुद्ध आन्दोलन

सैलुङअनलाइन संवाददाता
553 Shares
काठमाडौं

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पिडितहरुले निकुञ्जबाट हुँदै आएको शोषण, दमन तथा बन्दक बनाउने कार्यको विरोध गरेका छन् ।

असोज २७ गते काठमाडौँ जिल्लाका ओख्रेनी, मूलखर्क र शखंरापुर, त्यसैगरी नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका निकुञ्ज पिडित आदिवासी जनजातिहरुले विरोध ¥यालीको आयोजना गरेर बिरोध जनाएका हुन् । निकुञ्जको सैनिक ढाटबाट सुर भएको शान्ति पूर्ण बिरोध र्‍याली सुन्दरिजल दोबाटोमा पुगेर कोणसभामा परिणनत भएको थियो ।

र्‍यालीमा प्लेकार्ड र व्यानरसहित उपस्थिति पिडितहरुले टिकक काउन्टर बन्द गर्नु पर्ने, श्रोतहरुको दोहन बन्द गर्ने, निर्माण भइरहेका र नयाँ निर्माण हुने आयोजनाहरुमा स्थानीय आदिवासीहरुसँग स्वतन्त्र अग्रिम जानकारी सहतिको मन्जुरी (एफपिक) लिनु पर्ने लगायतमा मागहरु राखेका छन् ।

र्‍याली पछि आयोजित कोणसभालाई कार्यक्रमका संयोजक दिपक तामाङ, स्थानीय निकुञ्ज पिडितहरु, त्यसैगरी स्थानीय समाजसेवी, बुद्धिजिवीहरुले निकुञ्जका कारण स्थानीयले भोग्नु परेका पिडाका अभिव्यक्तिहरु प्रस्तुत गरेका थिए ।

कोणसभामा प्रमुख अतिथी माननीय शान्ति श्रेष्ठ र विशेष अतिथी समान नेपालका बुद्धछिरिङ मोक्तानले निकुञ्जले स्थानीय बासिहरुमाथि गरेको दमन र शोषणको विरोध जनाउँदै आन्दोलनको सर्मथन गरेका थिए ।

सदियौँदेखिको ऐतिहासिक थातथलो ओख्रेनी, मुलखर्क, तारेभिर, चिसापनी, घुमारचोक, गागल, मणिचुडलगायत क्षेत्रमा राज्यले नागर्जुन राष्ट्रिय निकुञ्जको नाममा स्थानीय अदिवासीहरुको सहमती बेगर सुन्दरीजलको जलश्रोत दोहन गर्ने, विद्युत उत्पादन गर्ने, आधारभूत भौतिक पूर्वाधारहरुबाट बञ्चित गर्ने, सैन्यकरण मार्फत् स्थानीय आदिवासीहरूलाई चिडियाखानाको जानवर झैँ कैद गर्ने कार्य हुँदै एको छ । यसबाट आदिवासी राष्ट्रका जनताहरुको हकअधिकार, स्वतन्त्रता, सार्वभौमिकता, स्वशासनको अधिकार र समग्रमा आत्मनिर्णयको अधिकारमाथि सङ्कट पैदा भएको हुँदा सोको संरक्षणको लागि नेपालले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धी, महासन्धी, घोषणपत्रहरु जस्तै अन्तर्राष्ट्रिय श्रम संगठन १६९ (ILO 169), आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय धोषणापत्र (UNDRIP), आदिले प्रत्याभुत गरेको निर्णय प्रकृया तथा लाभको वितरणमा स्वदेशी राष्ट्रहरुको अनिवार्य सहभागिता गराउने प्रतिवद्धताप्रति राज्य गैरजिम्मेवार हुँदै आएको वक्ताहरुले उल्लेख गरे ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज पिडित संघर्ष समिति र समान नेपालको आयोजनामा विराध ¥यालीको आयोजना भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
8
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका