चाडपर्वलाई लक्षित गरी रसुवाको चिलिमे, थम्वुचेत र टिमुरेमा बजार अनुगमन गर्दा म्याद सकिएको सामान र अन्तःशुल्क नतिरी रक्सी व्यापार गरेको भेटिएपछि समान र रक्सी जफत गरी नष्ट गरिएको छ । नष्ट गरिएको समान सवा २ लाख बराबरको रहेको बताइएको छ ।
जिल्ला स्तरीय संयुक्त बजार अनुगमन टोलीले असोज २८ गते रसुवाको थाम्वुचेत चिलिमे र टिमुरेमा असोज २८ गते पसलहरू अनुगमन गर्दा केरुङबाट ल्याइएका रक्सी‚ क्यान बियर लगायत खाद्यान्नहरू म्याद सकिएको पाइएको थियो । पसलहरूमा प्राय जसो दर्ता नभएको पसलहरू छड्केमा परेको घरेलु कार्यालयले जनाएको छ ।
पछिल्लो समय बजार अनुसार समितिले अनुगमनलाई तीव्रता दिँदै सचेतना र जरिवाना दुवै एकै साथ अगाडि बढाउँदै आएको छ । सिमापारबाट ल्याएको रक्सी घरेलु प्रयोजनका लागि थोरै ल्याएर घरमा राख्न पाइयो तर पसल नै राखेर व्यापार गर्न चाहिँ नपाई भन्दै जफत गरेर नष्ट गरिएको घरेलु कार्यालयले जनाएको छ । अबका दिनमा यस्तो कार्य गरेमा जरिवाना सहित कारबाही गरिने घरेलु कार्यालयका प्रमुख बृहस्पति तामाङले बताए ।
पछिल्लो समय बजार अनुसार समितिले अनुगमनलाई तीव्रता दिँदै सचेतना र जरिवाना दुवै एकै साथ अगाडि बढाउँदै सिमापार वाट ल्याएको रक्सी घरेलु प्रयोजनका लागि थोरै ल्याएर घरमा राख्न पाइयो तर पसल नै राखेर व्यापार गर्न चाहिँ नपाई भन्दै जफत गरेर नष्ट गरी अबका दिनमा यस्तो कार्य गरेमा जरिवाना सहित कारबाही गरिने घरेलु कार्यालयका प्रमुख वृहस्पति तामाङले बताए ।
वडा दसैँ लगायत शुभदिपावलि नजिकिँदै गएकाले र उपभोक्ता माझ गुणस्तरीय खाद्य सामाग्री पुगोस् भन्ने उद्देश्य ले सरकारी मापदण्ड को अधीनमा रही जिल्ला का व्यापारिक क्षेत्र हरूको अनुगमन गरिएको बजार अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीले बताए ।