लिसंखु पाखर कप जारी, आयोजक बी पराजित 

सैलुङअनलाइन संवाददाता
1.3k Shares
अत्तरपुर, सिन्धुपाल्चोक

सिन्धुपाल्चोककाे लिसंखु पाखर गाउँपालिका-४ अत्तरपुर बुबुलेस्थित खेलमैदानमा लिसंखु पाखर कप जारी रहेकाे छ ।  खेल कार्तिक ५ गतेदेखि सुरु भएकाे हाे ।

उद्घाटन खेलमा छेनान क्लब र सेतीदेवी क्लब बिजयी भए  । छेनानले आयोजक बीलाई ट्राइब्रेकरमा पराजित गरे भने दोभान युवा क्लबले भने सेतीदेवीसँग हार बेहोरेका थिए ।

लिसंखुपाखर गाउँपालिका मुख्य प्रायोजन र सिद्धार्थ युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार रुपैयाँ‚ दोस्रो पुरस्कार ७५ हजार रुपैयाँ‚ तेस्रो पुरस्कार ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र चौथो पुरस्कार २० हजार र प्रमाणपत्र सार्वजनिक गरिएको छ ।

यसै गरी आयोजक संस्थाका अध्यक्ष दावा मोक्तानका अनुसार उत्कृष्ट प्लेयर, उत्कृष्ट डिफेन्डर, हाई स्कोर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम म्यानेजर र प्रत्येक दिन म्यान अफ द म्याच घोषणा गरी पुरस्कृत गरिनेछ ।

खेल अबधिभर राष्ट्रिय रेफ्री ज्ञान बहादुर मोक्तानको टोली संचालन गर्नेछन् । त्यस्तै खले सुरक्षाको जिम्मा भने प्रहरी सहायक निरीक्षक रामसरण तामाङको नेतृत्वले लिएको छ ।

कार्यक्रममा लिसखु पाखरका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठु लामा, एनआरएनएका उपाध्यक्ष विजय मोक्तान लगायतले खेलकुदले विदेशमासमेत नेपाललाई चिनाउने र स्वास्थ्यलाई मजबुत बनाउने बताएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका