‘लिसंखुपाखर कप २०८०’ को विजेता अन्दर्बुङ, उपविजेता छारम्हेन्दो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
2.4k Shares
सिन्धुपाल्चोक

‘लिसंखुपाखर कप २०८०’ को विजेता अन्दर्बुङ क्लब बनेका छन् ।

कार्तिक १३ गते भएको फाइनल खेलमा अन्दर्बुङले छारम्हेन्दो युवा क्लबलाई पेनाल्टी सुट आउटमा १ गोल अन्तरले हराउँदै विजेता बनेका हुन् । विजेताले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएका छन् ।

त्यस्तै उपविजेता भएका छारम्हेन्दोले ७५ हजार रुपैयाँ र तेस्रो बनेका घ्याङडाँडा युवा क्लबले ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र पाएका छन् ।

लिसंखुपाखर गाउँपालिका मुख्य प्रायोजन र सिद्धार्थ युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिता उत्साहजनक र सव्य भव्य रूपमा सम्पन्न भएको अध्यक्ष दावा मोक्तानले बताए । आयोजक संस्थाका अध्यक्ष मोक्तानका अनुसार उत्कृष्ट प्लेयर, उत्कृष्ट डिफेन्डर, हाई स्कोर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम म्यानेजर र प्रत्येक दिन म्यान अफ द म्याच घोषणा गरी पुरस्कृत गरिएको जानकारी दिए ।

समापनमा सभालाई सम्बोधन गर्दै लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामाले खेलकुद प्रतियोगिताको माध्यमबाट स्वास्थ्य र विकासको लागि सामाजिक एकता, आन्तरिक पर्यटकीय गतिविधि राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्था, क्षेत्र र व्यक्ति व्यक्तित्व बिच भाइचाराको सम्बन्ध विकास र विभिन्न क्लब तथा खेलाडीहरूले आ–आफ्नो कला क्षमताको प्रदर्शन र आदानप्रदान गर्दै आफ्नो पहिचान बनाउँदै सामाजिक विकास प्रक्रियाको क्षेत्रमा एउटा महत्त्वपूर्ण योगदान पुर्‍याउन सफल भएको बताए ।

प्रतियोगिता खेल संयोजक पेमादोर्जे लामा रहेका थिए ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका