मेलम्ची नगरले मातृभाषा शिक्षा सुरु गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
378 Shares
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा सुरु गर्ने भएको छ ।

मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा अधिकांश तामाङ बसोबास गर्ने र तामाङ भाषा बोल्ने भएकोले सङ्घीय कानुन र बहुभाषिकताको मर्म अनुसार नै तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम ल्याइन लागेको बताए । उनले नगर अधिवेशनबाट बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।

उनले शिक्षा क्षेत्रको सुधारका लागि विज्ञहरूको उपस्थितिमा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

नगर प्रमुख लगायत नेपाल तामाङ घेदुङ सङ्घका सङ्घीय सहअध्यक्ष कुमार घिसिङ, मातृभाषा शिक्षा अभियन्ता प्रतीक ङेसुर तामाङ र हिरामान तामाङबिच छलफल भएका थिए ।

मातृभाषा शिक्षा अभियन्ता प्रतीक ङेसुर तामाङले स्थानीय भाषा नीति, मातृभाषा शिक्षा, तामाङ विषय शिक्षा, शैक्षिक गुणस्तर एवम् भाषा र सिकाइको सम्बन्धका विषयमा आफ्नो भनाई राखेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका