एमालेको चियापन आज

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

नेकपा एमालेले आज चियापान कार्यक्रम गर्दैछ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए।

कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको नेता रिजालले जानकारी दिए।

दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वका अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना साटासाट गर्छन्।

पायक पर्ने सर्वसाधारणहरू पनि चियापान समारोहमा उपस्थित हुन सक्नेछन्।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका