ट्रक र बस ठोकिदा १४ यात्री गम्भीर घाइते

मानवी मोक्तान संवाददाता
0 Shares
धनकुटा

धरान धनकुटा लोकमार्गको गुठीटार सडक खण्डमा बुधबार यात्रुबाहक बस र मालबाहक ट्रक एक आपसमा ठोकिदा ट्रकको चालक सहित १४ जना गम्भिर घाईते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएका जानकारी अनुसार झापाको गोरीगञ्जबाट तेह्रथुमको म्याङ्गलुङ बजारसम्मका लागि हिडेका ना.६ ख. १९७६ नम्वरको बस र धनकुटाका सिधुवाबाट तरकारी लिएर धरान तर्फ आइरहेका ना.६ ख ४४८३ नम्वरको ट्रक एक आपसमा ठोकिदा दुर्घटना भएको जानकारी दिए ।

दुर्घटनामा परी ट्रकका चालक भोजपुर जिल्लाको पावादुम्वा गाउँपालिका–४ घर भएका चन्द्र कुमार राई गम्भीर घाईते भएका छन् । दुर्घटना धनकुटा नगरपालिका वडा नं.९ स्थित् गुठीटार नजिकैको रुदुवा खोलामा भएको हो । विपरित दिशामा रोकी राखेका मोटर साईकललाई तर्काउँदा बस र ट्रक एकआपसमा दुर्घटना भएका हुन् ।

दुर्घटनामा परी धनकुटा छथरजोरपाटी गाउँपालिका वडा नं.५ का वर्ष ४१ का रामबहादुर दाहाल घाईते भएका छन् । दाहालको टाउँका, घुँडा र दाहिने कान चिरिएको छ । तेह्रथुम लालीगुराँस नगरपालिका–९ काँडे घर भएका वर्ष ६० का द्रोर्ण बहादुर गुरुङका अनुहारमा गम्भीर चोट लागेको छ ।

त्यसैगरी अन्य घाईतेहरु लालीगुराँस नगरपालिका ल-९ का वर्ष २६ का सन्तोष गुरुङ, उर्लावारी नगरपालिका-७ की वर्ष २३ की देवी घिमिरे, इटहरी नगरपालिका–२ का मिन प्रसाद गुरुङ र सिसम गुरुङ, तेह्रथुम म्याङलुङ नगरपालिका-६ का निर्मला शर्मा, गौरदह नगरपालिका-५ की कल्पना घिमिरे, धनकुटा छथरजोरपाटी–२ का वर्ष १७ का पविन कार्की, तेह्रथुम श्रृजोङ–१ का वर्ष १९ की प्रदिप थापा, लालीगुराँस नगरपालिका-४ का वर्ष ३२ की गोमा गुरुङ लगायत रहेका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए ।

ट्रकका चालकका अवस्था गम्भीर भएकाले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारको लागी पठाइएको र बाँकी घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भैरहेको ट्राफिक प्रहरी जिल्ला प्रमुख खड्काले बताए ।

घाईतेहरुको अवस्था सामान्य रहेका खड्काले बताएका छन् । बसका चालक चन्द्र कुमार राई, यात्रुवाहक बस र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका