‘नेपाल वोर्ल्ड कपमा’ सार्वजनिक

रिना खनाल संवाददाता
119 Shares
काठमाडौं

सशस्त्र प्रहरीका इन्स्पेक्टर तथा गायक पृथ्वी खनालको नयाँ गीत ‘नेपाल वोर्ल्ड कपमा’ सार्वजनिक भएको छ । पृथ्वी खनाल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा गायक खनालकै शब्द तथा सङ्गीत रहेको छ भने सङ्गीत संयोजन साहस शाक्यले गरेका छन् ।

नेपालको घरेलु मैदानमा क्रिकेटको महामेला सुरु भइरहेको छ । टी ट्वान्टी एसिया कपको शीर्ष दुई भित्र पर्न सके आगामी २०२४ मा अमेरिका तथा वेष्ट इन्डिजमा हुने टी ट्वान्टी वर्ल्ड कपको लागि नेपालले स्थान पक्का गर्नेछ । यही सन्दर्भमा गीत पृथ्वी खनाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका