जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । उपमेयर सिंहको सदरमुकाम खलगामा रहेको घर भत्किँदा उनको ज्यान गएको हो ।
शुक्रवार राति ११:४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म ११८ जनाको मृत्यु
जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ ।
जाजरकोटमा ५५ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
रुकुम पश्चिममा सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिकालगायतका ठाउँमा मृतकको सङ्ख्या बढी छ । घाइतेहरूको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान भएका छन् ।
आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
हेलिकप्टरमा औषधीसहित र १६ जना चिकित्सकको टोली पनि प्रधानमन्त्री प्रचण्डसँगै भूकम्प भावित क्षेत्रमा गएका छन्।