गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए) साउदी अरबले तीन लाख रुपैयाँ सहयोग गर्ने भएको छ । एनआरएनए साउदीले शनिबार प्रेस विज्ञप्ति जारी गरेर आर्थिक सहयोग गर्ने जानकारी दिएको हो ।
एनआरएन साउदीले शुक्रबार ११.४७ मा जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६.४ म्याग्नेच्युटको भूकम्प बाट प्रभावितहरूलाई राहत तथा उद्धारका आर्थिक सहयोग गर्न लागिएको महासचिव शुक्र लामाले बताए । उनका अनुसार सहयोगले एनआरएनएको मुल मन्त्र नेपालीका लागि नेपाली भन्ने भनाइलाई अझ मजबुत बनाउने छन् । एनआरएनए साउदीले स्थापनाकालदेखिनै नेपाल लगायत अन्य मुलुकमा आपत बिपातका बेला आर्थिक, नैतिक, भौतिकका सहयोग गर्दै आएको महासचिव लामाको भनाइ छ ।
एनआरएन साउदीकोसंघले विज्ञप्तिमा `एनसीसी साउदीअरबको ४ नोवेम्बर २०२३ का दिन आकस्मिक बैठक बसि रूः ३,००,०००/- (अक्षरूपी रू. तिन लाख) सहयोग गर्ने निर्णय गरेको सबैमा जानकारी गराउँदछौँ ।´ उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा अगाडि थपिएको छ । ` एनआरएनए एनसीसी साउदीअरबले विज्ञप्ति मार्फत कठिन यस घडीमा एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सदा झैं सहकार्य गर्न आफ्नो कर्तव्य सम्झेको जनाएको छ ।´
एनआरएनए साउदीले विज्ञप्ति मार्फत भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सदा झैं सहकार्य गर्न आफ्नो कर्तव्य सम्झेको जानकारी गराउँदै भूकम्प प्रभावित क्षेत्रमा अझ प्रभावकारी राहत तथा उद्धारका लागि आर्थिक सहयोग संकलन तथा आवश्यक कार्यमा जुट्न संघ संस्थाहरूलाई अपिल गरेका छन् ।
प्रेस विज्ञप्ति :