दोलखाका स्थानीय तहका जनप्रतिनिधिहरूले जाजरकोटका भूकम्पपीडितलाई २० लाख सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
दोलखा

दोलखाका ९ वटा स्थानीय तहका जनप्रतिनिधिहरूले जाजरकोट भूकम्प पीडितका लागि २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

जिल्लाका स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको संयुक्त बैठकले दोलखा जिल्लाको तर्फबाट २० लाख रुपैयाँ सहयोग दिने निर्णय भएको हो ।

जाजरकोटका भूकम्प पीडितकालागि दोलखाको भीमेश्वर र जिरी नगरपालिकाले ३ लाखका दरले ६ लाख तथा बाँकी ७ वटा गाउँपालिकाले २ लाखका दरले १४ लाख रुपैयाँ सहयोग पठाउने छन् ।

सदरमुकाम चरिकोटमा सोमबार बसेको बैठकले भूकम्पले जाजरकोट र रुकुम पश्चिम जिल्लामा पुगेका धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार थोकरका अनुसार सङ्कलित रकम भूकम्प प्रभावित जिल्लाको विपद् व्यवस्थापन कोष वा स्थानीय सरकारको खातामा जम्मा गरिने जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका