दोलखाको सदरमुकाम चरिकोटमा प्रथम बागमती प्रदेश क्लब स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
दोलखा फुटबल सङ्घद्वारा आयोजित प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, ललितपुर, काभ्रे गरी सात जिल्लाका १२ टिमको सहभागी रहेका छन् ।
प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सांसद भरत केसीले खेल क्षेत्रमा प्रभावकारी ढङ्गले विकास गर्न सके सिङ्गो दोलखाको समृद्धिमा टेवा पुग्ने बताए । उनले आगामी दिनमा भीमेश्वर रङ्गशालालाई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाएर अन्तर्राष्ट्रिय स्तरका खेलहरूको आयोजना गर्नुपर्ने बताए ।
प्रतियोगितामा प्रथम टिमले २ लाख ५० हजार नगद, मेडल, ट्रफि र प्रमाण पत्र‚ द्धितिय हुने टिमले १ लाख २५ हजार नगद मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कौरव पाण्डेले बताए ।
खेल भीमेश्वर रङ्गशाला टुँडिखेलमा सुरु भएको छ ।