ताम्सालिङ संयुक्त सङ्घर्ष समिति प्रदेश १ गठन‚ अध्यक्षमा चन्द्र गोम्देन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
91 Shares
धनकुटा

ताम्सालिङ संयुक्त सङ्घर्ष समिति प्रदेश नं १ गठन गरिएको छ । आइतबार बसेको प्रदेश भेलाले चन्द्र गोम्देनको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरिएका हुन् ।

समितिको सदस्य सचिवमा पदम मोक्तान तामाङ र प्रवक्तामा सबीला मोक्तान तामाङलाई चयन गरिएको छ ।

सदस्यहरूमा हस्त पाख्रिन तामाङ, फूलमाया मोक्तान तामाङ, सन्देश तामाङ, अर्जुन घिसिङ तामाङ, कोपिला घिसिङ तामाङ, प्रेम तितुङ तामाङ, जस कुमार तामाङ, एम कुमार योञ्जन तामाङ, मोहन लोप्चन तामाङ, दुर्गा नेगी तामाङ र विष्णु गोले तामाङलाई चयन गरिएको छ ।

समितिका केन्द्रीय सदस्य सचिव मोहन गोलेले ‘ताम्सालिङ’ नै राष्ट्रिय मुक्तिको एक मात्र विकल्प रहेको बताए । उनले ताम्सालिङको मार्गदर्शक सिद्धान्त, कार्यदिशा र आधार शक्तिको बारेमा प्रशिक्षण दिएका थिए ।

आन्दोलनको चरणहरूको बारेमा पनि स्पष्ट पारिएको थियो । जसमा अन्तरक्रिया, गोष्ठी, सेमिनार, बहस पैरवी, गाउँ भेला, जागरण कार्यक्रम, प्रशिक्षण, सङ्गठन निर्माण, अभियान, ज्ञापन पत्र, जनदवाब, अल्टिमेटम र अन्त्यमा सङ्घर्षको माध्यमबाट शक्तिको आधारमा हस्तक्षेपकारी नीति र भिन्न भिन्न रूपका बारेमा स्पष्ट पारिएको थियो ।

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को समन्वय, इटहरी घेदुङको स्थानीय व्यवस्थापन र ताम्सालिङ संयुक्त सङ्घर्ष समिति काठमाडौँको आयोजनामा प्रशिक्षण तथा प्रदेश स्तरीय भेला सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका