ज्योति विकास बैङ्कले कर्णाली प्रदेशको जाजरकोटमा गएको भूकम्पबाट पीडितहरूको उद्धार तथा सहयोगार्थ जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितहरूलाई आर्थिक सहयोग गरेको छ ।
बैङ्कले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । उक्त रकम बैङ्कका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरिएको हो।
बैङ्कले जाजरकोटस्थित शाखामार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा समन्वय र सहयोग गर्दै आएको छ। बैङ्कले आगामी दिनहरूमा पनि जाजरकोटस्थित शाखा कार्यालय मार्फत दीर्घकालीन र दिगो कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुटाई समाजप्रति उत्तरदायी बनेको यस विकास बैङ्क नागरिकको आवश्यकता अनुरूप आवश्यक सहयोग गर्दै आएको छ। संस्थागत सुशासनलाई शिरोपर गरी ग्राह कवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउने कार्यलाई बैङ्कले निरन्तरता प्रदान गर्दै आएको छ।
ज्योति विकास बैङ्कले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।