स्याफ्रुवेशीमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
175 Shares
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्याफ्रुवेसिमा मङ्गलवार लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय महिला आयोग काठमाडौँको आयोजनामा भएको कार्यक्रम आयोगका प्रमुख महिला विकास अधिकृत सिता अधिकारीले लैङ्गिक हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको भूमिकाको बारेमा आफ्नो प्रस्तुति प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रसुवाले पनि आफ्नो कार्यपत्र प्रस्तुत गरिएको थियो ।

त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका ध्रुवप्रसाद लामिछाने र उपाध्यक्ष प्रतिमा तामाङले पनि गाउँपालिकाभित्र कस्तो कस्तो खालको हिंसाहरू भइरहेको छ । त्यस अनुसारको हिंसा न्यूनीकरणको निम्ति पालिकाले गर्ने प्रयास र आगामी दिनमा गर्नुपर्ने काम गरिने बताएका छन् ।

कार्यक्रममा महिला आयोगका सदस्य सावित्री शर्मा, जिसस उपप्रमुख विजय लामा,उपाध्यक्ष प्रतिमा लामा,प्रमुख प्रशासकीय अधिकृत दुतेन्द्र चाम्लिङ, महिला बालबालिका ज्येष्ठ नागरिक शाखाका ध्रुव लामिछाने वडा अध्यक्षहरू वडा सदस्य महिला अधिकारकर्मी‚ नेपाल प्रहरी सञ्चारकर्मी पत्रकार स्थानीय आमा समूह र सरोकारवाला निकाय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका