रसुवा जिल्लामा पालिकास्तरिय एकल महिला संन्जाल गठन गरिएको छ ।
हालै गठन गरिएको सञ्जालको अध्यक्षमा अप्सरा आचार्य चयन भएकी छन् । यस्तै उपाध्यक्षमा लक्ष्मी गुरुङ, सचिवमा रन्जु सुनुवार,कोषाध्यक्षमा अनिता थापा मगर रहेका छन् ।
सदस्यहरूमा राधिका न्यौपाने आचार्य, बिष्णुमाया थापा मगर, राधिका घिमिरे, कृष्णकुमारी नेपाली, लक्ष्मी आचार्य न्यौपाने, जमुना नेपाली, मिनकुमारी तामाङ, उषा नेपाली, निर्मला श्रेष्ठ, रिजु ग्यालोमा घले रहेका छन् ।
उत्तरगया गाउँपालिकाले यसअघि नै कार्यपालिका बैठकबाट महिला सञ्जाल गठन सम्बन्धी कार्यविधि पास गरी पालिका स्तरीय एकल महिला सञ्जाल समिति गठन गरिएको हो ।
उत्तरगया गाउँपालिकाले भौतिक पूर्वाधार विकाससँगै सामाजिक तथा मानव संसाधन सम्बन्धी विकासलाई प्राथमिकता दिँदै महिला, दलित, जनजाति, युवा, अपाङ्गता नागरिक सम्बन्धी सशक्तीकरणका विभिन्न कार्यक्रमहरू गर्दै अगाडि बढाएको छ ।
नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै गाउँपालिका कार्यवाहक अध्यक्ष चमेली गुरुङले समिति गठनसँगै महिला लक्षित कार्यक्रम हिजोका दिनमा भन्दा प्रभावकारी तरिकाले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
महिला सशक्तीकरणका कार्यक्रम महिला दिदीबहिनीहरुको आफ्नै कार्यक्रम भएकोले महिला दिदीबहिनीहरुकै चाहाना अनुसार कार्यान्वयन गर्दा अझ बढी प्रभावकारी हुने अपेक्षा सहित महिला सञ्जाल गठन सम्बन्धी कार्यविधि बनाएर अगाडी बढेको बताएका छन् ।
कार्यक्रमको सहजीकरण गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख अमृता पन्तले गरिएको थियो ।