दशै, तिहार, छठ पर्व तथा नेपाल संवत, इदको अवसरमा गोदावरी नगरपालिकाले बिहीबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार फूलबारी पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी चियापान सम्पन्न गरेको हो ।
कार्यक्रममा नगरप्रमुख गजेन्द्र महर्जनले शुभकामना दिदै नगरबासीको विकासको चाहनालाई मूर्त रुप दिन आफूहरु अहोरात्र खटेको बताए ।
उक्त कार्यक्रममा संघीय सांसद नवराज सिलवाल, प्रदेश सांसदहरु चेतनाथ सञ्जेल, लालकुमारी पुन, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमलाल भूषाल, पूर्व अर्थराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उदयसमशेर राणा, नगरका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1