दोलखाबाट काठमाडौँमा आइ पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था दोलखाली पत्रकार समाजको अध्यक्षमा ज्ञानेन्द्र कार्की चुनिएका छन् ।
शुक्रवार काठमाडौँमा सम्पन्न विशेष साधारण सभाबाट अध्यक्ष कार्कीसहित ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका हुन् ।
समाजको उपाध्यक्षमा मुना कार्की‚ सचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा मनुका कुँवर चुनिएका छन् ।
त्यस्तै सदस्यहरूमा ज्योति जिसी, सुवास योञ्जन, युवराज बस्नेत, बालिका शिवाकोटी र कालिका शिवाकोटी चुनिएका हुन् ।
दोलखाबाट काठमाडौँ आई विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरूको भेलाबाट २०६५ सालमा स्थापित समाजमा साढे दुई सय पत्रकार सङ्गठित छन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1