बागमती गाउँपालिकामा खुल्ला अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।
बागमती खेलकूद विकास समिति र गाउँपालिकाको आर्थिक सहयोगमा असोज २९ गतेदेखि हुने प्रतियोगितामा बागमती गाउँपालिकाभित्रका संस्था, वडाहरुबाट समूहगत रुपमा भाग लिनेछन् ।
स्वास्थ्यका लागि खेल, राष्ट्रको लागि खेल र बागमती पर्यटनको लागि खेल भन्ने नाराकासाथ आयोजना हुने प्रतियोगितामा सहभागी टिमले असोज २३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने संयोजक बुद्धराज नेगीले जानकारी दिए ।
प्युटारको खयरघारी खेल मैदानमा सम्पन्न हुने प्रतियोगिताका प्रथम विजेताले १ लाख, दोस्रोले ५० हजार र सन्त्वाना दुई टिमलाई २०÷२० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1