क्रोएसियामा नेपाली फुटबल प्रतियोगिता हुने

नवराज तामाङ
नवराज तामाङ संवाददाता
357 Shares
क्रोएसिया

क्रोएसियाको राजधानी जाग्रेबमा नेपाली फुटबल प्रतियोगिता हुने भएको छ । नोभेम्बर १८ र १९ तारिखसम्म सञ्चालन गर्न लागिएको फुटबल प्रतियोगिता सगरमाथा फुटबल क्लब नेपालले (Mt.8848 football club Nepal) को आयोजनामा हुन लागेको हो ।

दिपावालीको अवसर पारेर आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताको विजेताले ७७७ युरो र उपविजेताले ५५५ युरो, मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको खेल जाग्रेबस्थित एरिना सेन्टरको खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नारा तय गरेको फुटबल प्रतियोगिताले क्रोएसियामा रहेका नेपालीहरूबिच प्रगाढ सम्बन्ध बढाउने आयोजकले दाबी गरेका छन् ।

प्रतियोगितामा भाग लिन नोभेम्बर १६ तारीखसम्म समयसीमा टोकिएको क्लब अध्यक्ष अशोक राईले बताए । उनका अनुसार क्रोएसियामा रहेका सबै नेपालीको सहभागी रहने गरी प्रतियोगिता सञ्चालन गर्नेछन् । यसरी औपचारिक रूपमा प्रतियोगिता हुन लागेको यो पहिलो पटक भएको अध्यक्ष राईको दावी छ ।

अस्ट्रियामा रहेका नेपाली दूतावासले हेरिरहेका क्रोएसियामा सिजन भिसा, कामदार भिसा, पारिवारिक भिसा गरी झन्डै १० हजारको हाराहारीमा नेपालीहरू रहेको अनुमान छ । पछिल्ला वर्ष व्यक्तिगत भिसाबाट नेपाली ल्याउनेमा क्रोएसिया पहिलो नम्बरमा पर्छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका