विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
70 Shares
काठमाडौं

आइसिसी एक दिवसीय क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । भारतले दिएको २४१ रनको लक्ष्य ४३ ओभरमा पूरा गर्दै उपाधि जितेका हुन् ।

आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा भएको फाइनल खेलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेका हुन् । योसँगै अस्ट्रेलियाले छ पटक उपाधि जितेका छन् ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक पूरा गरेका छन्।

सात ओभरमा तीन विकेट गएपछि उनले मार्नस लबुसेनसँग शतकीय साझेदारी गर्दा अस्ट्रेलियाको जित सहत बनेको थियो। लबुसेनले पनि अर्ध शतक प्रहार गर्न सफल भए।

अस्ट्रेलियाले सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गरेका थिए । त्यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौँ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया