राष्ट्रिय युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मङ्सिर ७ गर्ने कार्यक्रम तीनकुनेमा गर्ने भएको छ ।
सरकारले सोमबार माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि सङ्घले ‘युवा विद्यार्थी विशेष कार्यक्रम’ को स्थान सारिएको हो ।
नेकपा एमाले निकट युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्षले मङ्सिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेका थिए । तर एकै दिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो।
सङ्घका अध्यक्ष क्षितिज थेबेले सूचना जारी गरी यसअघि घोषणा गरेका निर्धारित कार्यक्रम सोही मिति र समयमा तीनकुनेमा गर्ने जानकारी गराए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1