रसुवा मावि धुन्चेका विद्यार्थीलाई रेन्बो ट्राउटको विशेषता र महत्त्वबारे प्रशिक्षण

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
273 Shares
रसुवा

जलीय जैविक विविधताको संरक्षण गरी आश्रित समुदायको रोजगारी सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ रसुवाको सदरमुकाम धुन्चेमा विश्व मत्स्य दिवस मनाइएको छ ।

उक्त दिवसको अवसरमा रसुवा माध्यमिक विद्यालय धुन्चेमामा अध्ययनरत ७ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई रेन्वो ट्राउट माछाको विशेषता र महत्त्वको बारेमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणपछि आफूले सिकेका र जानेको कुरालाई विद्यार्थीहरूले आफ्नो घर परिवार र छरछिमेकमा समेत पुराउने विश्वास लिएको वरिष्ठ मत्स्य अनुसन्धान अधिकृत महेन्द्र प्रसाद भण्डारीले बताए ।

दिवसकै अवसरमा सम्पूर्ण मत्स्यपालक निजी किसान, समूह, सहकारी, सङ्घ, कर्मचारी, विद्यार्थी जनप्रतिनिधि पत्रकार बुद्धिजीवी,समाजसेवी सरोकारवाला हरूमा शुभकामना व्यक्त गरिएको थियो ।

उच्च हिमाली भेगहरूमा चिसो र कन्चन पानीमा मात्रै हुने रेन्त्वो ट्राउट माछा बच्चादेखि बुढो र मुटु रोगीले समेत खान मिल्ने भएकाले सबै माझ रेन्त्वो ट्राउट माछा खान आग्रह गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका