विंगर नेल्सन तामाङलाई ट्यालेन्ट हन्ट कोटाबाट अनुबन्धित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
133 Shares

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि साफ यु–१९ का युवा विंगर नेल्सन तामाङलाई ट्यालेन्ट हन्ट कोटाबाट अनुबन्धित गरेको छ ।

सानै उमेरदेखि फुटबलमा रुची राख्ने नेल्सनले कोच दिपक भुशालसङ्ग सानो गौचरन फुटबल एकेडेमिबाट तालिम सुरु गरेका हुन । उनि पीस प्वाइन्ट स्कूलका छात्र हुन । समाज कल्याण खेलकुद केन्द्र क्लबमा तालिम गर्दै आएको उनी सी डिभिजन लिगमा समेत सोहि क्लबमा आबद्ध थियो । हिले फुटबल एकेडेमी नेपालबाट खेल्दै आएका छन । ७ देखि १७ वर्षमुनिका खेलाडीहरुको सहभागिता रहेको इटालियन क्लब एसी मिलानमा आयोजना हुने फुटबल क्याम्पका लागि नेपालबाट छनोट भएको थियो ।

काभ्रे जिल्लाको रोशी गांउपालिका वडा ५ को नेल्सन पीस प्वाइन्ट स्कूललाई विभिन्न स्कूल स्तरीय खेलहरु खेलेर ट्रफी दिलाउदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकेको थियो ।

पोखरा थन्डर्सको आयोजनामा नबिन न्यौपाने छन् भने मर्कि खेलाडी आयुष घ्लान र आइकोनिक खेलाडीमा दिनेश राजवंशी रहेको छ ।

तपाईको प्रतिक्रिया