म्याद गुर्जिएकाे खाद्यवस्तु भेटिदा चार हाेटल कारवाहीमा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने सम्वाददाता
385 Shares
रसुवा

गाेसाइकुण्ड पदमार्गमा अनुगमन गर्दा चर्काे मुल्य,विलविजक नभएकाे र म्याद गुर्जिएकाे सामान भेटिएकाले चार हाेटल कारवाहिमा परेका छन ।

यस पदमार्गमा हाेटलहरूले मनपरि पैसा लिने विलविजक समेत नदिने गरेकाे गुनासाे वढेपछि सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र ज्ञवालिकाे संयोजकत्वमा घरेलु कार्यालय,लाङटाङ राष्ट्रिय निकुञ्ज,काेष तथा लेखा नियन्त्रण कार्यालय,जिल्ला प्रहरी कार्यालय का प्रतिनिधिहरूकाे सहभागितामा मंसिर ५ देखि ७ गतेसम्म धुन्चे देखि गाेसाईकुण्ड पदमार्गमा रहेका ११ वटा हाेटलकाे अनुगमन गर्दा चार हाेटल कारवाहिमा परेका हुन ।

अनुगमनकाे क्रममा बिलविजक नराखि काराेवार गर्ने गाेसाइकुण्ड नमस्ते हाेटल,माया हाेटल,टिबेट हाेटल,हाेटल लाङटाङ लिरूङ भ्यु रहेका छन । उनिहरूलाई उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम २० हजार रूपैयाँ जरिवाना गरिएकाे वताईएकाे छ ।

केही हाेटलहरूमा म्याद गुज्रेकाे पेय पदार्थहरू जफत गरि नष्ट गरिएकाे र अवका दिनमा यस्ताे कार्य नगर्न सचेत गराईएकाे अनुगमन टाेलिका संयोजक एवम साहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्र ज्ञवालिले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका