लुम्बिनीमा शान्ति दीप प्रज्वलन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
161 Shares
रुपन्देही, लुम्बिनी

लुम्बिनीमा समस्त जगतको प्राणी हितको निमित्त शान्ति दीप प्रज्वलन गरिएको छ । शान्ति दीप बाटिकामा लोसाङ नाम्ग्याल रिम्पोछेको प्रमुख आतिथ्यमा दीप प्रज्वलन गरिएको हो ।

बौद्ध जागरण केन्द्रको आयोजनामा विश्व शान्ति पूजाको दोस्रो दिन शान्ति दीप प्रज्वलनले गरिएको हो । दीप प्रज्वलनले समस्त जगतको प्राणी रक्षा हुने विश्वास लिएको धर्मगुरु खेन्पो सर्वाजित गोङ्बोले बताए ।

केन्द्रका अनुसार विश्व शान्ति प्रणिधान तथा पुजा कार्यक्रममा सहभागी हुन नेपालका १७ जिल्लाबाट सात सयभन्दा बढी महायानी सम्प्रदायका बौद्ध धर्मालम्बीहरू लुम्बिनी आइपुगेका छन् ।

केन्द्रका अध्यक्ष बसन्त वाइवाका अनुसार विश्वमा रहेका सबै प्राणीको सुख र शान्तिको कामना गर्दै पुजा आयोजना गरिएको हो ।

‘विगत १० बर्षदेखि बर्षेनी विश्व शान्ति पुजा आयोजना गर्दै आएका छौँ । पुजामा सबै प्राणी दुःखबाट मुक्त होस् भनेर प्रार्थना गरिन्छ,’ वाईवाले भने ।

बोधगया, कुशीनगर लगायतका भारतका विभिन्न ठाउँहरूमा यस्ता पुजा तथा मोन्लाम कार्यक्रम हुने भए पनि नेपालमा खासै नभएको र केन्द्रले सुरू गरेको छ ।

पूजाको अन्तिम दिन मायादेवी मन्दिर परिसरमा लोसाङ नाम्ग्याल रिम्पोछेले वाङ अभिषेक प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको  छ ।

पुजा लुम्बिनी परिसरको कर्मसम्तेनलिङ गुम्बामा चलिरहेको छ ।

तपाईको प्रतिक्रिया