तामाङ गीत ‘हाती त हिन्ने लम्केर’ सार्वजनिक (भिडियो)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
140 Shares
काठमाडाैं

तामाङ गीतहरु बजारमा आउने क्रम बढेका छन् । पछिल्लो चरण तामाङ गीतहरु विभिन्न भाकामा बजारमा आइरहेका छन् । यसैमा नेहा थिङ र मनोज थिङ तामाङको संयुक्त प्रस्तुतिमा फापारे सेलो ‘हाती त हिन्ने लम्केर’ सार्वजनिक गरेको छ ।

गायक एवं संगीतकार र रचनाकार बैरागी मोक्तान र गायिका शशिकला मोक्तानको स्वरमा रहेको उक्त गीतको शब्द मनोज थिङको रहेको छ

परदेशको बहिनी र स्वदेशमा दुख गरेर जिबिकोपार्जन गरिरहेको एउटा दाइको कथामा रहेको गीतको संगीत बैरागीकै रहेको छ ।
गीतमा संगीत सयोजन जोगलाल लामाले गरेका हुन् ।

यो गीतमा जति भावुक भएर गीत बनाएको छु, त्यो मेरो सत्य घटनामा आधारित शब्द रचना रहेको प्रस्ततकर्ता नेहा थिङले बताइन् ।

रामेछापका गायक बैरागी भने २ दर्जनभन्दा बढी फापारे गीत गाएर गीतसंगीतको क्षेत्रमा जम्न सफल गायक हुन् । उनले आफ्नै युट्युव च्यानल नेपालअञ्जन क्रियसनबाट आफ्ना लगायत अन्य फापारे गीतको भिडियो सार्वजनिक गर्दै आइरहेका छन् । उनले डम्फूरे भाकाका गीतहरु पनि गाएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया