तमु समाज क्रोएसियाको अध्यक्षमा अमित गुरुङ 

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
560 Shares
जाग्रेब, क्रोएसिया

तमु समाज क्रोएसियाको अध्यक्षमा अमित गुरुङ चयन भएको छ । गुरुङलाई आइतबार जाग्रेबस्थित विष्णु होस्टेलमा सम्पन्न भेलाले अध्यक्षमा चयन गरेको हो ।

उक्त भेलाले तमु समाज क्रोएसियाको उपाध्यक्षहरुमा सन्तोष गुरुङ र चुमन गुरुङ त्यस्तै महासचिव मेष गुरुङ, सचिव सुरेश गुरुङ, कोषाध्यक्ष सुवास गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङलाई चयन गरेका छन् ।

त्यसैगरी संरक्षक एवं सल्लाहकार कमलमान गुरुङ रहेको तमु समाज क्रोएसियाको सदस्यहरु क्रमशः प्रदीप गुरुङ, बुद्धि गुरुङ, मेघ गुरुङ, मिना गुरुङ, बिधान गुरुङ, अन्जना गुरुङ, निशा गुरुङ, रिश्मा गुरुङ, सगुन गुरुङ, दर्शन गुरुङ, खेम गुरुङ, यमप्रसाद गुरुङ र मोहन गुरुङ रहेका छन् ।

क्रोएसिया कार्यरत तमुहरुलाई एकीकृत गरेर भाषा, धर्म, संस्कृति र परम्परा लगायतका संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले समाजको स्थापना गरिएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार तमु समाज क्रोएसियाले ल्होछारका साथै अन्य पर्वहरु  मनाउने र विविध कार्यक्रमहरु गर्नेछन् ।

पछिल्ला समय क्रोएसियामा एनआरएनए गठनदेखि विभिन्न संघसंस्था स्थापना तीब्र रूपमा हुँदै आएको छ । कामदारी भिसा, व्यक्तिगत भिसा, पारिवारिक भिसासँगै विभिन्न देशको सिमाना हुदै क्रोएसिया भित्रीने नेपालीहरु बढेपछि संघसंस्थाहरु गठन पनि बढेको हो ।

अध्यक्ष अमित गुरुङ युवा व्यवसायी तथा समाजसेवी हुन् । नवलपरासीका गुरुङले क्रोएसियामा बिष्णु होस्टेल संचालनमा ल्याएका छन् । तमु समाज क्रोएसियाका अध्यक्ष गुरुङले जस्तै यहाँ थुप्रै नेपाली युवा व्यवसायीहरुले होस्टेल, रेस्टुरेन्ट, सुपर मार्केट लगायतमा लगानी गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका