अखिल नेपाल महिला सङ्घ बाग्मती प्रदेश कमिटीको सचिवालय बैठक ललितपुर च्यासलमा शनिवार आज सम्पन्न भएको छ ।
कार्यक्रमको बारेमा पत्रकारहरूसङको भेटघाटमा संघका बाग्मती प्रदेश सचिबालय सदस्य एवं गोसाईंकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा लामाले अब उप्रान्त नेपालमा जन्मँदै कुनै व्यक्ति राष्ट्र प्रमुख हुने व्यवस्थाको परिकल्पना गर्न नसकिने टिप्पणी गरिएकी छन् ।
‘अब नेपालमा जनताको छोराछोरी जो कोही पनि जुनसुकै ठाउँको भए पनि राष्ट्र प्रमुख हुन सक्छन्‚ उनले भनिन्‚‘यसको लागि कुनै भूगोल, जात , समुदाय लिङ्गले नरोकिने मात्र सही भिजन र सङ्घर्ष भए पुग्छ ।’
तसर्थ यो हजारौँ नेपाली जनताको बलिदानबाट ल्याएको यो यति सुन्दर ऐतिहासिक व्यवस्था गणतन्त्रको संरक्षण र यसको सही व्यवस्थापनमा नव युवाहरू लाग्नुपर्ने बताउँदै बरु गणतान्त्रिक व्यस्तको केही कमीकमजोरी छ भने त्यसको पुन:विचार गरेर समय सापेक्ष सुधार गर्दै लैजानु पर्छ तर गणतन्त्रको विकल्प नरहेको स्पष्ट पारिन् ।
पत्रकारको राजतन्त्रवादी आन्दोलनहरू बढिरहेको छ त भन्ने प्रश्नमा नेतृ लामाले राजतन्त्रप्रति सहनुभुति देखाउने कतै होलान् तर केही व्यक्तिले चाहेर सम्भव नरहेको बताइन् । उनले काग कराउँदै गर्छ पिनास सुक्दै जान्छ भनेर गरिन् ।