एक सय आठ शिवलिङ्गको विधिवत् प्राण प्रतिष्ठा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
84 Shares
रसुवा

रसुवा र नुवाकोटकाको संगमस्थल उत्तरगयाधाममा एक सय आठ शिवलिङ्गको विधिवत् रूपमा प्राण प्रतिष्ठा गरिएको छ ।

स्थानीय धार्मिक व्यक्तित्व‚ विभिन्न सङ्घसंस्था र उद्यमी व्यवसायीको प्रयास तथा सहयोगीदाताहरूले नगद जिन्सी सहयोगबाट धामको निर्माण भएको थियो । उक्त शिवलिङ्ग स्थापना गर्दा १६ लाख ५० हजार ९ सय १७ रुपैयाँ खर्च लागेको स्थानीय दिलकृष्ण श्रेष्ठले बताए ।

मङ्सिर १७ गते स्थापना गरिएको शिवलिङ्ग प्राण प्रतिष्ठा रुद्री पुजा, लाख बत्ती प्रज्वलन गरी उद्वघाटन गरिएको थियो । यो शिवलिङ्ग स्थापना गर्न जो जसले सहयोग गरे उनीहरूको नाम शिलालेखमा राखिने बताइएको छ ।

यही मङ्सिर २५ गते वाला चतुर्दशीमा शतबीज छर्ने दिनको लागि समेत तयारी गरिएको समेत जनाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका