शिविरमा ८ सय ८५ ले लिए सुविधा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
189 Shares
रसुवा

रसुवा अस्पताल धुन्चेमा मङ्सिर १६ देखि १८ गतेसम्म भएको ३ दिने स्वास्थ्य शिविरमा ८ सय ८५ रसुवालीले स्वास्थ्य उपचार लिएका छन् ।

गोर्खा वेलफेयर ट्रस्टले आयोजना गरेको उक्त शिविर रसुवा अस्पताल र स्वास्थ्य कार्यालय को सहकार्यमा सम्पन्न भएको हो । शिविरमा २ सय ६९ जनाको कान, ५५९ जनाको दाँत, अशक्त अपाङ्गता भएका व्यक्तिहरू ५६ जनाले उपचार पाएका छन् ।

१ सय २१ जनाले कान सुन्ने मेसिन पाएका छन् । पालिका अन्तर्गत सबैभन्दा धेरै गोसाईंकुण्ड गाउँपालिकाबाट ४८५ ले यो सेवा लिएका छन् । त्यस्तै सबैभन्दा कम नौकुण्ड गाउँपालिकाका ८५ जनाले सेवा लिएका छन्। त्यसै गरी कालिका गाउँपालिकाका ६५, उत्तरगया गाउँपालिकाका १५५ र आमाछोदिङ्मो गाउँपालिकाबाट १४५ जना रहेका छन् ।

रसुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमित कुमार शाहले यो तीन दिने स्वास्थ्य शिविरबाट रसुवावासीले राम्रो स्वास्थ्य सेवा लिएकोमा आफू विश्वस्त रहेको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्य ले सम्पूर्ण गोर्खा वेलफेयर ट्रस्टका आयोजक प्रति आफ्नो व्यक्तिगत लगायत अस्पतालको तर्फबाट डाक्टर,नर्स, स्टाफ हरूलाई एकमुष्ट रूपमा धन्यवाद दिँदै शिविर निकै फलदायी भएको र आगामी दिनहरूमा यस्तै शिविर भइरह्यो भने राम्रो हुने बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया