मेलुङको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
दोलखा

दोलखा मेलुङ गाउँपालिकाको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानको अवसरमा मेलुङ गाउँपालिकाले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले हिंसा कानुनी अपराध भएकोले यसलाई सहन नहुने बताए । अध्यक्ष थोकरले हिंसा अन्त्य एक्लै असम्भव रहेकोले घरपरिवार, व्यक्ति तथा सरोकारवाला निकाय सबैको अहम् भूमिका आवश्यक रहेको औँल्याए ।

अभियानको आवश्यकता, वर्तमान अवस्था, हालसम्मको उपलब्धि, अभियानको लक्ष्य उद्देश्य तथा हिंसा न्यूनीकरणको लागि सरोकारवालाहरूको भूमिकाको विषयमा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्यले प्रशिक्षण गरिएकी थिइन् ।

कार्यक्रममा लैङ्गिक हिंसा, महिला हिंसा तथा बालबालिकामाथि हुने हिंसाको कानुनी व्यवस्था, दण्ड सजायको र वर्तमान अवस्थामा न्याय लिने र दिने प्रक्रियाको बारेमा अधिवक्ता सन्तोष विमालीले जानकारी दिए ।

लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका, वडा अध्यक्ष, वडाका जनप्रतिनिधि, नेपाल प्रहरी तथा सरोकारवालाहरूको सहभागिता रहेका थिए ।

तपाईको प्रतिक्रिया