नेपाल तामाङ कलाकार सङ्घद्वारा मनाइने ‘तेस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०८०’ को तयारी पूरा भएको छ ।
बुधबार तामाङ घेदुङको सभा हलमा पत्रकार सम्मेलन गर्दै सङ्घले आगामी मङ्सिर २९ र ३० गते महोत्सव मनाउने तयारी पूरा जनाएको छ ।
सङ्घले प्रत्येक वर्ष मनाउँदै आएको महोत्सव यस वर्ष पनि निरन्तरता दिएका छन् ।
कार्यक्रमको मूल आकर्षणको रूपमा ताम्बा संस्कृति रहने सङ्घका अध्यक्ष विशाल काल्तानले जानकारी दिए ।
ताम्बाहरुद्वारा डम्फुको महत्त्वलाई प्रस्ट्याउने र ताम्बा संस्कृति गीतहरूको प्रस्तुति हुनेछ‚ अध्यक्ष काल्तानले भने‚ ‘कार्यक्रममा तामाङ संस्कृति सभ्यतासँग समेटिएको प्रस्तुतिहरू हुनेछ ।’
महोत्सवमा सेलो‚ म्हेन्दोमाया‚ खन्दोके र फापारे गीत नृत्यहरू प्रस्तुति हुनेछन् ।
काठमाडौं चुच्चेपाटीस्थित हायत ग्राउण्डमा आयोजित महोत्सव दुई दिनसम्म चल्नेछ ।