तामाङ पत्रकार सङ्घको २० औँ स्थापना दिवसमा २० जनाले गरे रक्तदान‚ शिवमाया तामाङ सम्मानित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
147 Shares
काठमाडौं

तामाङ पत्रकार सङ्घ केन्द्रको २० औँ स्थापना दिवसमा रक्तदान तथा ‘दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

बिहीबार स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यसमितिले बौद्ध परिसरमा रक्तदान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएका हुन् ।

कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । त्यस्तै ‘दीपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार २०८०’ गोरखापत्र राष्ट्रिय दैनिकमा लामो समय पत्रकारिता गर्दै आएकी शिवमाया तामाङलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा‚ काठमाडौँ महानगर वडा न ६ वडाध्यक्ष भुवन लामा‚ सङ्घका सल्लाहकार लगायतको उपस्थिति रहेका थिए ।

तामाङ सञ्चारकर्मीहरूको एक मात्र छाता सङ्गठन तामाङ पत्रकार सङ्घले दुई दशक लामो यात्रा पार गरिसकेका छन् । यस अवधिमा प्रवास र जिल्ला गरी २३ वटा शाखाहरू स्थापना भइसकेका छन् ।

कार्यक्रमलाई बौद्ध वडा नं ६‚ काठमाडौँ‚ भक्तपुर‚ ललितपुर शाखा र म्हेन्दोला फोले पोडकाष्टले सहकार्य गरेका थिए ।

स्थापना दिवसको अवसरमा प्रवास तथा जिल्ला शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया