शैलुङ गाउँपालिका अन्तर विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
दोलखा

शैलुङ गाउँपालिका अन्तर विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सङ्घीय सांसद गङ्गा कार्कीले खेलकुद स्वास्थ्य र शारीरिक व्यायाम मात्र नभई देशलाई चिनाउने काम गर्छ ।

गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठको अध्यक्षता सुरु भएको हो ।

प्रतियोगिता मङ्सिर २५ गतेसम्म चल्ने गाउँपालिकाले जनाएको छ ।

उद्घाटन खेलमा छात्रतर्फ शारदा माध्यमिक विद्यालयले सांगुते माविलाई भलिबल २–० को सोझो सेटमा हराएको छ । त्यसपछि छात्रतर्फ मागापौवा माविले वीरेन्द्र माविलाई २–१ ले हराएको छ । त्यस्तै कालिका माविले कालिभुमे माविलाई २–० को सोझो सेटमा हराएको छ ।

त्यसै गरी छात्रा भलिबलतर्फ शारदा माविले मागापौवा माविलाई २–१ को सोझो सेटमा हराएको छ । सांगुते माविले कल्लाबारी माविलाई २–० को सेटमा हराएको छ ।

तपाईको प्रतिक्रिया