वाग्मती प्रदेश को सात जिल्लाका १८ जना माछा पालन कृषकहरूको लागि एक हप्ते तालिम सञ्चालन भइरहेको छ ।
पशु सेवा केन्द्र बागमती प्रदेश लगनखेल ललितपुर को आयोजना र रेम्न्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चे रसुवाको सहजिकरणमा भएको उक्त तालिम मङ्सिर २४ गते वाट २९ गते सम्म सञ्चालन हुनेछ । तालिम को उद्घाटन तालिम केन्द्र का पशु चिकित्सक हंप्सरानि साम्बाहाम्फे ले गरिएको थियो ।
दोलखा,सिन्धुपाल्चोक,रामेछाप,रसुवा,नुवाकोट,धादिङ,काठमाडौँ का रेन्म्बो ट्राउट माछा पालन गरिरहेका कृषक हरूमा थप निखारता आअोस भन्न का लागि एक हप्ता राखिएको तालिम मा सम्भाव्यता अध्ययन,दाना व्यवस्थापन,माछा प्रजनन,रोग व्यवस्थापन व्यवस्थापन सम्वन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सिपको जानकारी गराइएको वैज्ञानिक एस–१ महेन्द्र प्रसाद भण्डारीले जानकारी दिए ।
ट्राउट माछा पालनका लागि मध्यपहाड र हिमालबाट बगी आउने सफा कन्चन निरन्तर बगिरहने खोला नाला मूलको पनि १४ देखि १८ डिग्री सेल्सेसको तापक्रम भएको उपयुक्त मानिन्छ ।