तामाङ समाज क्रोएसियाको अध्यक्षमा सनिप लामा चयन भएको छ । लामालाई क्रोएसियाको राजधानी जाग्रेबस्थित आप्पा होस्टेलमा बसेको भेलाले अध्यक्ष चयन गरेको हो ।
डिसेम्बर १० तारीख आइतबार आप्पामा बसेको भेलाले समाजको वरिष्ठ उपाध्यक्ष गन बहादुर तामाङ, उपाध्यक्षहरू क्रमशः मानबहादुर तामाङ, हरि तामाङ, प्रकाशचन्द्र तामाङ, प्रमिता थोकर, दुद राज ब्लोन चयन गरेका हुन् । त्यस्तै महासचिव विशाल तामाङ, सचिव, बुद्ध लामा, सहसचिव जीवन तामाङ, कोषाध्यक्ष दिपा लामा,सहकोषध्यक्ष सिर्जना तामाङ योन्जन रहेका छन् ।
त्यसैगरी क्रोएसिया तामाङ समाजको सदस्यहरू क्रमशः सुरज स्याङ्तान, सुदिप स्याङ्तान, दिघां लामा, सरिसा छोतेन, विनोद तामाङ, रमेश भोलन, वृषा तामाङ, टिकाजंग घिसिङ, राजेन्द्र लामा, कुमारी तामाङ, सुमन तामाङ, गंगराज बम्जन, रोस्निता गोले, शेखर तामाङ, निमल बल, निखिल बम्जन, सन्तोष तामाङ, जीवन मोक्तान, कमन लामा, सुन्दरी लामा र आशा लामा चयन भएका छन् ।
तामाङ समाज क्रोएसियाको संरक्षक सल्लाहकारका समाजसेवी एवं व्यवसायी दावा लामा रहेको छ । त्यस्तै समाजको प्रमुख सल्लाहकार साइमन लामा, सल्लाहकारहरू नोर्बु लामा, ठाकुर घिसिङ, धनबहादुर तामाङ छन् । समाजको प्रवक्ता प्रियसन स्याङ्तान, सञ्चार विभाग गगन तामाङ, व्यवस्थापक अब्राहम तामाङ, संस्कृति विभाग प्रमुख कमल रुम्बा र सचिव विजय पाख्रिन र लामा विभागमा कमल योन्जन र लोप्सान तामाङ रहेका छन् ।
नवगठित तामाङ समाजका अध्यक्ष सनिपले क्रोएसिया कार्यरत तामाङहरूलाई एकिकृत गरेर भाषा, धर्म, संस्कृति र परम्परा लगायतका संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले समाजको स्थापना गरिएको बताए । उनका अनुसार समाजले क्रोएसियामा ल्होछारका साथै अन्य विविध कार्यक्रमहरू गर्नेछन् ।
पछिल्ला समय क्रोएसियामा एनआरएनए गठनदेखि विभिन्न सङ्घसंस्था स्थापना तीव्र रूपमा हुँदै आएको छ । कामदारी भिसा, व्यक्तिगत भिसा, पारिवारिक भिसासँगै विभिन्न देशको सिमाना हुँदै क्रोएसिया भित्रिने नेपालीहरू बढेपछि सङ्घसंस्थाहरू गठन पनि बढेको हो ।