दसैंले रित्तिदै काठमाडौं ! (फोटोफिचर)

सन्तोष योन्जन तामाङ
सन्तोष योन्जन तामाङ संवाददाता
काठमाडाैं

हिन्दुधर्मावलम्बीहरुको महान् चाड दसैँले लामो समय टाढा रहेका परिवारजनको मिलन गराउँछ । परिवारका सदस्यहरु सँगै बसेर मिठो परिकार बनाएर दुःख सुखका कुराहरु साट्न पाउँछन् ।

जसका लागि  काठमाडौं  राजधानीबाट घर फर्कनेको लर्काे एकदम देखिन्छ । घटस्थापनादेखि नै काठमाडौँ बाहिर घरपरिवार भएकाहरु फर्कन थाल्छन् ।
यतिबेला रामेछाप, दोलखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा लगायतका जिल्लाका आफ्नो गाउँमा दसै मनाउन घर फर्किनेहरु चहलपहल थुप्रै देखिन्छ । राजधानी कोटेश्वरबाट बस, माइक्रो, सुमोहरु लामबद्ध भएर काठमाडौँ छाडिरहेका हुन्छन् । सवारीसाधनका छतहरु कोशेलीले भरिभराउ हुन्छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए । यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताए । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ ।

तपाईको प्रतिक्रिया