तेस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०८० पूरा भएको छ । तामाङ कलाकार सङ्घद्वारा आयोजित महोत्सव भोली अर्थात् शुक्रवार उद्घाटन सत्र हुनेछ ।
बौद्ध हायतको ग्राउन्डमा हुने महोत्सव तामाङ सभ्यता, संस्कृति, मौलिक गीतसङ्गीतको, संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित यही मङ्सिर २९ र ३० गते दुई दिनसम्म चल्नेछ ।
संस्थाको स्थापना दिवसको अवसर पारेर महोत्सव मनाउन लागेको संस्थाका अध्यक्ष विशाल काल्तानले जानकारी दिए ।
अध्यक्ष काल्तानका अनुसार नयाँ पुस्ताले आफ्नो भाषा, भेषभूषा र तामाङ मौलिक गीतसङ्गीत र विशुद्ध तामाङ मौलिक गीत सङ्गीत,डम्फु गीत सङ्गीतलाई प्रवर्द्धन सम्बद्र्धनका लागि रहेको बताए ।
उनले भने‚‘तामाङका गीतसङ्गीतमा रहेको विविधतालाई समेट्दै खान्दोके सेलो, फापरे सेलो, म्हेन्दोमाया, म्हानेदोरा र विशुद्ध तामाङ सेलो कस्तो हो र डम्फु संस्कृतिका गीतहरू, ताम्बा गीतहरू प्रस्तुत गर्ने थलो महोत्सव बनेको छ ।’
भोली मङ्सिर २९ गते बिहान १० देखि १ बौद्ध स्तूपबाट विभिन्न सङ्घसंस्थाहरू सहभागी भई र्याली हुने आयोजक संस्थाका महासचिव खेम मोक्तानले जानकारी दिए ।
त्यस्तै मङ्सिर ३० गते व्यावसायिक कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।