वरिष्ठ सङ्गीतकार एवं गायक चन्द्रकुमार दोङ सम्मानित भएको छ ।
शुक्रवार तामाङ कलाकार सङ्घद्वारा आयोजित तेस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०८० मा उनलाई सेलो सङ्गीत पुरस्कारद्वारा सम्मान गरिएको छ । पुरस्कारको राशि नगद २५ हजारसहित दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।
गायक दोङ सानैदेखि गीत सङ्गीतमा लागेका थिए। उनले स्वर्गीय गोपाल योन्जनबाट सङ्गीतका ज्ञान लिएका थिए । गायक दोङको दर्जनौँ गीतहरू उत्कृष्ट र चर्चित छन् । उनका देउराली गाङरी‚ वाला वाला ग्राम्बा‚ डम्फु त मेरो कोईरालो काठको लगायतका गीतहरू चर्चित छन् ।
यस्तै कार्यक्रममा अमरबहादुर नेपाली‚ हरिबहादुर थापा मगर‚ शशिकला मोक्तान, अमिर दोङ‚ रमला तामाङ र सञ्चारकर्मी बुद्ध योन्जन लगायतलाई सम्मान गरिएको छ ।