बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले
तामाङ सांस्कृतिक सङ्ग्रहालय भवन बनाउन बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रवार तामाङ कलाकार संघलद्वारा आयोजित तेस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०८० को उद्घाटन सत्रलाई सम्बोधन गर्दै सङ्घले जग्गा तयार गरेमा भवन बनाउनका लागि बजेटको व्यवस्थापन गर्ने बताएका हुन् ।
अर्थमन्त्री लामाले भने‚‘प्रदेशमा तामाङ कामकाजीको भाषा प्रयोग ल्याएको छ । जसले भाषामा समस्या हुँदा नामहरू समेत अनर्थ हुने गरेको छ ।’
त्यस्तै कार्यक्रममा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले तामाङ सांस्कृतिक भवन निर्माणका लागि जति सक्दो पहल गरिने बताए ।
यसै गरी पूर्व मन्त्री शेरबहादुर तामाङले भाषा नै पहिचान र संस्कृति भएकोले भाषा बिर्सन नहुने बताए । भाषा बिर्स्यो भने संस्कृति र पहिचान हराउँदै जाने उनले बताए ।
महोत्सव तामाङ सभ्यता, संस्कृति, मौलिक गीतसङ्गीतको, संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित भोलीसम्म चल्नेछ ।
महोत्सवको सुरुवातमा सङ्घसंस्थाको ब्यानरसहित झाकी‚ ताम्बा‚ डम्फु‚ झाँक्री लगायतको र्याली प्रदर्शन गरिएको थियो।