नेवा:–ताम्सालिङ माग गर्दै काठमाडौँमा प्रदर्शन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
112 Shares
काठमाडौं

नेवा–ताम्सालिङ नामकरणको माग गर्दै काठमाडौँमा शनिबार प्रदर्शन गरिएको छ ।

आदिवासी संघसंस्थाहरुले काठमाडौँमा संयुक्त पहिचान सभाको आयोजना गर्दै काठमाडौँको न्युरोडबाट र्‍यालीमा बोन्बो र ताम्बासहित सभामा परिणत भएको थियो ।

नेवा: देय् दबूँ र नेपाल तामाङ घेदुङद्वारा आयोजित सभामा पहिचान सम्बन्धी सो आन्दोलनलाई गुरुङहरूको जातीय सभा तमु ह्युल छोजधि, गुरुङ राष्ट्रिय परिषद् र मगरहरूको जातीय संस्था नेपाल मगर सङ्घको समेत समर्थन रहेको थियो ।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले प्रदेशको नाम पहिचान सहितको गराउनको लागि सबै प्रदेशमा आन्दोलनको आवश्यकता माथि जोड दिएको थियो ।

असन चोकको डबलीमा गरिएको सभामा नागरिक समाजका तर्फबाट लेखक खगेन्द्र सङ्ग्रौला, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष निमी शेर्पा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन, तमु ह्युल छोजधि, गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्ण गुरुङ, नेपाल मगर सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुन मगर, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, संविधान सभा सदस्य इन्द्र बहादुर गुरुङ लगायतले सम्बोधन गरिएको थियो ।

कार्यक्रम नेवा देय् दबुका अध्यक्ष पवित्र बज्राचार्यको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया