लुम्बिनीको विश्वशान्ति धामको पुन:निर्माणका लागि श्रमदान

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
काठमाडौं

लुम्बिनीमा विश्वशान्ति धामको निर्माण पुनः सुरु भएको छ । शनिवार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछे, अमेरिकी दूतावासका प्रवक्ता जेहरा नाक्वीले ढुङ्गा बिच्छाएर धामको निर्माणको पुनः सुरुवात गरेका हुन् ।

आजकै दिन धर्मगुरुहरू, सङ्घसंस्थाका प्रतिनिधि पालैपालो श्रमदानमा सहभागी भएर धाम निर्माणका लागि सहयोग गरेका थिए ।

बौद्ध धर्मगुरु श्याल्पा तेन्जिङ रिन्पोछेले कोरोना महामारीका कारण रोकिएको बताउँदै ४४ मिटर उचाइको चार तले र कमलको फूल आकारको हुने बताए ।

५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको धाम बनाउन लाग्ने उक्त लागत रकम जुटाउन हरेक व्यक्तिले एक रूपैयाँ, एक डलर, एक पाउन्डका दरले भए पनि सहयोग गर्न सक्ने उनले बताए ।

धामको हरेक तला ३४ सय वर्ग मिटर क्षेत्रफलका हुने र त्यहाँ १५ सय जना अट्ने शान्ति वार्ता हल, शान्ति सङ्ग्रहालय, शान्ति पुस्तकालय, प्रवचन कक्ष, ध्यान कक्ष, युनिभर्सल पिस इन्स्टिच्युट, रिट्रिट सेन्टर आदि संरचना बनाइने धामकी सूचना अधिकारी पासाङ शेर्पाले बताइन् ।

तपाईको प्रतिक्रिया