क्रोएसियामा दिमाग खराब प्रदर्शन हुने

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
406 Shares
जाग्रेब, क्रोएसिया

क्रोएसियामा नेपाली कथानक चलचित्र दिमाग खराब प्रदर्शन हुने भएको छ । चलचित्र दिमाग खराब डिसेम्बर २५ तारीख क्रोएसियाको सेस्भेन्ते सेन्टरमा प्रदर्शन हुन लागेको हो ।

क्रीसमसको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्रलाई काठमाडौं मार्टले प्रदर्शन गर्न लागेको हो । वर्षभरि काममै व्यस्त रहेका नेपालीहरुलाई एकदिन भएपनि मानसिक तनाव कम गराउने उदेश्यले दिमाग खराब देखाउन लागिएको संचालक एवं समाजसेवी दावा लामाले बताए । उनका अनुसार यसअघि मार्टकै सहकार्यमा नेपाली चलचित्र जारी प्रदर्शन गरिसके ।

दिमाग खराबको टिकटमा काठमाडौं मार्टबाट सामना खरिद गर्दा १०% छुट पाइने मार्टका अर्का संचालक कमल गुरुङले बताए । गुरुङका अनुसार टिकटमा आप्पा होस्टेलमा एक रात बस्न ३०% छुट रहेका छन् । चलचित्र क्रोएसियासम्म ल्याउन एभरेस्ट म:म:, हिमालय होस्टेल, आप्पा होस्टेल, हिमालय करी लगायतको सहयोग रहेको काठमाडौ मार्टका संचालक गुरुङले जानकारी दिए ।

चलचित्र दिमाग खराबको टिकट १० युरो तोकिएको छ । टिकट काठमाडौं मार्ट, आप्पा होस्टेल, एभरेस्ट म:म: हिमालयन करीमा किन्न पाइनेछ । त्यस्तै चलचित्रका टिकटका बारेमा जानकारी लिन मोबाइल नम्बर (+385-911353000) मा कल वा व्हाट्सप गर्न सक्नेछ ।

टिकटमा रहेको छुटको अबधि यहि डिसेम्बर महिनाभित्र सक्ने आप्पा होस्टेलका संचालकले जानकारी दिए । संचालकका अनुसार छुट प्राप्त गर्न टिकटको अर्धकट्टी लिएर पुग्नुपर्ने छन् ।

चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल लगायत अन्य कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका