जिल्लाकै गहनाको रूपमा रहेको रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा रहेको सभा हल भूकम्पले क्षति पुर्याएको आठ वर्षपछि आधुनिक शैलीमा २०८१ असार मसान्तसम्ममा बन्ने भएको छ ।
जेबी कन्स्ट्रक्सन प्रालिले उक्त सभा हल निर्माणको ठेक्का पाएको र दुईदेखि तीन सय जना मानिस अटिने क्षमता रहने निर्माणको ठेकेदार छेसिङ तामाङ लामाले बताए । २०७२ सालको भूकम्पले भत्काएपछि त्यतिकै रहेको उक्त सभा हल १ वर्षभित्र आधुनिक तरिकाले बन्नेछ ।
तत्कालीन जिल्ला विकास समिति रसुवाको मातहतमा रहेको सभा हल जिल्लाकै नमुना योग्य र सभा समारोह सम्मेलन हुन्थ्यो । धुन्चे गाउँवासीहरूले विवाह‚ घेवा गर्ने स्थल समेत थियो। भवन खण्डहर वनेपछि कसैले केही गरेका थिएनन् । आधुनिक भवन वनेपछि फेरि नै उत्कृष्ट भवन हुनेमा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए ।
यस भवन २०३२ साल मा निर्माण गरिएको हो । उति बेला जिल्लाकै नमुनाको रूपमा रहेको थियो ।