गाेसाईकुण्ड गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिलकाे उपाधि हाईल्याण्डको पाेल्टामा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने सम्वाददाता
189 Shares
रसुवा

गोसाईंकुण्ड गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङशिलकाे उपाधि हाईल्याण्ड आवासीय माविले हात पारेको छ।

पुस ४ देखि ६ गतेसम्म गोसाईंकुण्ड गाउँपालिकाको कार्यालय स्याफ्रुवेसिकाे रसुवाको आयोजनामा वडा कार्यालय र रसुवा माविको सहजीकरणमा वाल मन्दिर प्राङ्गणमा भएको राष्ट्रपति रनिङशिल २०८० काे उपाधि ६ स्वर्ण,११ रजत,३ कास्य गरी पदक हात पार्न सफल भई हाईल्याण्ड प्रथम भएको हो ।
यसै गरी रसुवा मावि दोस्रो र तेस्रो मा श्री काेमिन स्यामेवाङफेल मावि स्याफ्रु भएको थियो ।समापन समारोहमा विजेताहरूलाई शिल नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

सो अवसरमा पालिका स्तरबाट छनौट भई जिल्ला स्तरीय खेलमा विजयी हुने खेलाडीलाई पाँच हजार नगद दिने पालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।

समापन समारोहमा प्रमुख जिल्ला अधिकारी वेदनि खनाल,जिल्ला समन्वय समिति रसुवाको प्रमुख अशोक घिमिरे, उपप्रमुख विजय लामा पालिका, पालिका उपप्रमुख प्रतिमा लामा, जिल्ला प्रहरी कार्यालय रसुवाको प्रमुख सुवास बुढाथोकी,सशस्त्र प्रहरी प्रमुख सुमन थापा,प्रमुख अनुसन्धान अधिकृत मोहन आचार्य, लाङटाङ राष्ट्रिय निकुञ्ज का वरिष्ठ संरक्षण अधिकृत अण नाथ बराल,वडा अध्यक्ष हरू,वडा सदस्य हरू प्रमुख राजनीतिक दलका शीर्ष नेता गण,सङ्घसंस्था बुद्धिजीवी सरोकारवाला पालिकाभित्रका विद्यालयका विद्यार्थी, शिक्षक अभिभावक सञ्चारकर्मी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया