क्रोएसियाबाट टेक्सिङ्का मृगौला फेललाई आर्थिक सहयोग

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
1k Shares
क्रोएसिया

क्रोएसिया इएनइओएस(ENEOS)कम्पनीमा कार्यरत नेपालीहरुले ५० हजार १२५ रुपैयाँ दुवै मृगौला फेललाई सहयोग गरेको छ । उक्त कम्पनीमा कार्यरत बिरु तामाङको अगुवाइमा रकम संकलित भएको तामाङ समाज क्रोएसियाकी उपाध्यक्ष प्रमिता थोकरले बताइन् ।

तामाङ समाज क्रोएसियाकी उपाध्यक्ष तामाङकी अनुसार बिरु तामाङले ११ हजार २६२ रुपैयाँ सहयोग गरेकाछन् । त्यस्तै उपाध्यक्ष तामाङले भने ५ हजार १२५ रुपैया सहयोग गरेकी हुन् ।

समाजसेवी बिरु तामाङ कार्यरत कम्पनीको साथीहरूबाट संकलन गरिएको आर्थिक सहयोग बिरामीको नाममा पठाएको तामाङ समाज क्रोएसियाकी उपाध्यक्ष थोकरले बताइन् । उपाध्यक्ष थोकरका अनुसार उक्त आर्थिक सहयोग पाएका बिरामी रामेछाप, दोरम्बा शैलुङ गाउँपालिका-४, टेक्सिङका पासाङ तामाङ हुन् । उनले देश, विदेशमा रहेका अन्य संघसंस्था, साथीहरुमा समेत सहयोग गर्न अनुरोध गरिन् ।

हाल काठमाडौंको सिनामंगलस्थित मेडिकल कलेजमा उपचाररत बिरामी तामाङले हप्ता तीन पटक डायलसिस लिइरहेका छन् । भर्खर २५ वर्ष लागेका मृगौला बिरामी तामाङ पेशाले चालक थिए । बिरामीको भक्तपुरस्थित अस्पतालमा चेकजाँच गर्दा मृगौला फेल भएको थाहा पाएका बताउँछन् ।

बिरामी तामाङका श्रीमती र एक छोरा छन् । तत्काललाई १० लाख जति खर्च लाग्ने बिरामीका उपचारमा खटिएका चिकित्सक टोलीको भनाइ छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
1

तपाईको प्रतिक्रिया

पत्रपत्रिका